नियम ८१
मालसामान आपूर्ति गर्ने बोलपत्रदाताको योग्यताका आधार
(१) मालसामान आपूर्ति
सम्बन्धी खरिद कारबाहीमा भाग लिने बोलपत्रदाताको वा पूर्वयोग्यताको
प्रस्तावदाताको योग्यताको आधार निर्धारण गर्दा स्थानीय निकायले देहायका कुराहरु
मध्ये आवश्यकतानुसार कुनै वा सबै कुरालाई विचार गरी निर्धारण गर्न सक्नेछ ः—
(क) मालसामान उत्पादन सम्बन्धी लिखत (म्यानुफ्याक्चरिङ रेकर्ड),
(ख) प्राविधिक क्षमता,
(ग) मालसामानको प्राविधिक स्पेसिफिकेशन,
(घ) आर्थिक र वित्तीय क्षमता,
(ङ) मालसामान जडान गर्नु पर्ने भएमा जडान कार्यमा संलग्न हुने
प्राविधिकको दक्षता,
(च) आपूर्ति हुने मालसामान खास अवधिसम्म सुचारुरुपले सञ्चालन हुन्छ
भन्ने कुराको प्रत्याभूति,
(छ) मालसामान मर्मत सम्भारको व्यवस्था,
(ज) सेवा र जगेडा पाटपूर्जाको उपलब्धता,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
टढ
(झ) जडान (ईन्सटलेशन) समेत गर्नु पर्ने गरी मालसामान आपूर्ति गर्ने
आपूर्तिकर्ताको हकमा निजको सीप, निपूर्णता, अनुभव र
विश्वसनियता ।
(२) यस नियम बमोजिम वोलपत्रदाता वा प्रस्तावदाताको योग्यता र प्राविधिक
क्षमता प्रमाणित गर्ने कागजात माग गर्दा स्थानीय निकायले मालसामानको प्रकृति,
परिमाण, महत्व वा प्रयोग अनुसार देहायका मध्ये कुनै वा सबै कागजात माग गर्न
सक्नेछ ः—
(क) बोलपत्रदाताले विगत तीन वर्षको अवधिमा सरकारी निकाय वा निजी
संस्थालाई आपूर्ति गरेको मालसामानको प्रकृित, परिमाण, सम्झौता
रकम, मिति र त्यस्तो सरकारी निकाय वा निजी संस्थाको नाम र
ठेगाना,
(ख) खरिद गरिने मालसामान जटील वा असाधारण प्रकृतिको भएमा
सम्बन्धित स्थानीय निकाय आपैmले वा त्यस्तो निकायको तर्फबाट
वोलपत्रदाता वा पूर्व योग्यताको प्रस्तावदाता संस्थापित भएको देशको
आधिकारिक निकायले निजको उत्पादन क्षमता जा“च गरेको कागजात,
(ग) आधिकारिक गुणस्तर नियन्त्रण संस्था वा मान्यता प्राप्त निकायले
खरिद गरिने मालसामानको निरीक्षण गरी त्यस्तो मालसामानको
स्पेसिफिकेशन र गुणस्तर सम्बन्धमा दिईएको प्रमाण पत्र,
(घ) आपूर्ति गरिने मालसामानको आधिकारिकता प्रमाणित गर्न आवश्यक
पर्ने नमूना, पूरक विवरण वा फोटोहरु,
(ङ) सव–कन्ट्रयाक्टरबाट गराउन चाहेको आपूर्ति सम्बन्धी कामको
अनुपात ।
(३) आपूर्ति गरिने मालसामान बोलपत्रदाता वा पूर्वयोग्यताको प्रस्तावदाता आफै
नबनाउने वा उत्पादन नगर्ने भएमा त्यस्तो मालसामानको उत्पादकले बोलपत्र वा
पूर्वयोग्यताको लागि प्रस्ताव पेश गर्ने, मालसामान आपूर्ति गर्ने र जडान गर्ने सम्बन्धी
अधिकार आफूलाई एकलौटी रुपमा रीतपूर्वक प्रदान गरेको कुरा प्रमाणित गर्ने
कागजात वोलपत्रदाता वा पूर्वयोग्यताको प्रस्तावदाताले पेश गर्नु पर्नेछ ।
(४) नेपालभित्र व्यापार व्यवसाय सञ्चालन नभएको बोलपत्रदाता वा
पूर्वयोग्यताको प्रस्तावदाताले निजले खरिद सम्झौता प्राप्त गरेमा त्यस्तो सम्झौता
बमोजिम आपूर्ति गरिएको मालसामान मर्मत सम्भार गर्ने, बिक्रि पश्चात्को सेवा
प्रदान गर्ने तथा आवश्यक जगेडा पार्टपूर्जा मौज्दात राखी आपूर्ति गर्ने सम्बन्धी
दायित्व निर्वाह गर्न सक्ने निजकोे एजेन्ट वा अधिकृत विक्रेता नेपालमा रहने कुरा
प्रमाणित गर्ने कागजात पेश गर्र्नुृ पर्नेछ ।